Teach For Nepal

धैर्यको आवाज

पारी हेर्दै सोच्दै बसेँ ,
बाटो नभएको गाऊँ ,
तामाङ बस्ती नाऊँ,

तल्ला हेरेँ,

तुवालोले छकेको छ,
खेतहरु सुःखा छन् ,
सबै मल बोक्दै छन्,
बस्तीहरु मौन छन्,
पातहरु नाचरहेका छन,

र फेरि म सोच्दै छु,
सोच्दै शब्दहरु खोज्दै छु,
के सिकेँ र सिकाए २ वर्षमा?
के देखेँ र बुझाए २ वर्षमा?

सुनाउँनु पर्ने कुरा अनगिन्ती छन्,
लेख्न बसेँ कथाहरु धेरै छन्,
अङा र आलेका तस्बिर धुमिरहेका छन्,
कक्षामा पढाएका दिनहरु जिवित छन्,
र लाग्छ जानी नजानी यिनीहरुले “मिहिनेत” बुझाएका छन् ।

जिवन पक्कै यसरी हेरिदै न थियो होला,
मानिसहरुलाई यसरी बुझिदै न थियो होला,
परिवर्तन यसरी महसुस गरिदै न थियो होला,
शब्द यसरी भावमा बग्दै न थियो होला,

जसतो सिम्लेको हावामा आनान्द छ,
त्यसरी आनान्द लिइदै न थियो होला।
सिम्लेको हावाको माझमा आँखा चिम्म गरेँ,
मुखबाट बिस्तारै फुकेँ
र भनेँ,
खुसी खोज्न पैसा चाहिदैन रहेन्छ,
सन्तोष सबै सुविधाले दिदैँन रहेन्छ,
माया खोज्न भउँतारिनु पर्ने रहेन्छ,
सफल हुन विदेश जानु पर्ने रहेन्छ,

यो सबैको संगालो सिम्लेमा छ,
नेपालका गाउँहरुमा छ,
कम बोल्ने मनहरुमा छ,
लाज मान्ने आँखाहरुमा छ,
मिहिनेत गर्ने हातहरुमा छ,
उकाली र आरालीको जिवनमा छ,
शब्द बिना भावना साट्ने मनहरुमा छ,

हेर्ने सकेँ,
सबैमा प्ररेणा छ।

खोज्न सकेँ,
सबैमा आशा छ ।

भाग्यमानी ठानेँ,
गाऊँमा पढाउँन आउँदाको फेलोशिपमा छ ।

धेरैले भनेँ,
सहरमा नबसेर किन गाऊँमा बस्छस् ? सक्छ र?
सुविधामा हुर्किस, आभावमा टिक्छ र ?
आङरेजीमा पढिस्, नेपाली पढाउँन सक्छ र ?
बाहुनको छोरो, तामाङ गाउँमा किन त?

मैले सबैलाई सुनेँ,
तर सबैलाई उत्तर दिन चाहिन्न ,
कतिलाई त बुझाउँनु पर्छ नै लागेन,
छोडेर आइजा भनेँहरुलाई सुनेको जस्तो गरेँ, तर सुनिन,
सक्छु भन्ने दिपलाई निभिन्न दिइन ।

र आज म भन्न चाहान्छु,
इच्छा भए जे पनि गर्न सकिने रहेछ,
नगर्नलाई कारण जता पनि भेटिदोँ रहेछ,
सबैलाई बिस्तारै कैलाउँन धेर्य चाहिने रहेछ,
परिवर्तन एक्लैले होइन,
धेरैको साथ चाहिने रहेछ ।

आजको जुन समय छ,
त्यो अमुल्य छ,
महत्वपुर्ण छ,
र एतिहासिक छ ,

किनभने एकजनाको दिपले सुरू गरेको यात्रामा,
आज थप दिपहरु प्रजवलित हूदै छन्,
सम्भावनाको हातहरु बढदै छन्,

र यही हातहरु देख्दा लाग्छ,
गर्नु पर्ने धेरै छ,
सिक्नु पर्ने कुराको लामो सुची छ,
हिडिराख्नु पर्ने छ,
हाँसी हाँसी भोग्नु छ,
र नेपालमा नै अवसरहरु सिर्जना गर्नु छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s