Old diaries

गणित के हो?

माघ १२, २०७१__सोमवार

मेरो सोचाइको मूल ““गणित के हो तिम्रो लागि?“ २०७१ साल माघ १० गतेको बिहान खाना खाएपछि कैलाश होस्टेलमा विजयले सकरात्मक चुनौतीको रुपमा खडा गरेको प्रश्न मेरो लागि । सुरुमा गणित जिवन हो भने । त्यसपछि जिवनमा भएको कथा हो भने । त्यसपछि संचारको माघ्यम हो भने । त्यसपछि सोच्न सक्ने कला हो भने । प्रश्न फेरि आयो कसरी? उत्तर गर्न सकिन्न। पछि भन्छु भने ।“

मेरो उत्तर, ”मानौ सिम्लेको एउटा बालकले एक, दुई, तिन भन्दै छ । के त यस्को अर्थ ? यसले के भन्न खोज्दै छ भनेर बुझन गाह्रो छ । यदि उसले औला देखाउदै भन्दै छ भने अब उसले आफनो औलाको परिमाणलाई संकेत गर्देछ भनेर बुझन् सकिन्छ । उसलाई न त कुनै मानिसले तेरो औला कति छ भनेर सोधेको प्रष्टाइएको छ न त कुनै अरु वातावरणनै उलेख गराइएको छ। किन देखायो त औला? यो बुझाँउन माथिको स्थितिले सक्दैन्।

त्यो माहोलमा २० वटा बाख्रा कल्पना गरौ । अब हामीले उसको औलाको संकेत र बाख्राको उपस्तितिको सम्बन्ध देखन थाल्छौ । के कुरा कल्पना गर्न सकिन्छ ? सायद बाख्राको गणना गरेको हुनुपर्छ । किन गरयो त ? माथिको त्रमागत पढाइ अनुसार यसको उत्तर पनि पाउन गाह्रो नै छ । मानौ उसको आमा त्यही अगाडी काम गरिरहेकी छिन । आमाले गन्ना लगाएको हुनसक्छ । अब उस्को सुरुको भनाइको उदेश्य तुलनात्मक रुपमा प्रकाश परेको महसुस हुन्छ ।

 

उसले एक, दुई नभनिकन बाख्रा बराबरको काठ वा ढुङा देखाइ पनि आमालाई बुझाउन सक्छ । तर यहि कुरा फोनबाट सिम्ले बाहिरको मानिसलाई बुझाउन गाह्रो हुन्छ । धेरै वा थोरै छ भन्यो भने पनि त्यसको अर्थ बुझाउनु पर्यो । नबुझन पनि सक्छ । उसले थोरै मानेको कुरा अरु व्यत्तिको लागि धेरै पनि हुन्सक्छ वा धेरै मानेको थोरै । त्यसैले जुन माघ्यमबाट पनि यस्तो खालको सुचना बाढ्न एउटा प्रणालीको आवश्यक पर्यो जसले गणितको अविष्कारको महसुस गर्यो । गणितले सुचनालाई सामान्यकरण बाट विशिष्टिकरण गर्न थाल्यो ।

यसले बताउँन खोजिएको कथा यस्तो छ, “आमाले घरमा भएको बाख्रा गन्ना लगाउँदा सिम्लेमा एउटा बालकले औला भाच्दै एक दुई भनेको रहेछ। अन्तयमा २० वटा रहेछ भने कुरा पत्ता लागेको छ। र २० वटा बाख्रा रहेछ भनेर सिम्ले बाहिरको मानिसलाई बुझन सजिलो भएको कुरा खुलास्त भएको छ।“

कथाको लागि चाहिने कुरा परिवेश, के भयो, कसरी भयो, किन भयो र अन्यिममा एउटा शिक्षा। र त्यो कथा अरुलाई बाढ्दा स्पष्टसँग बुझन सक्नुपर्छ । जुन एउटा उपयोगी संचारको भुमिका हो । गणित सम्बनधि कुराहरु बाढ्दा मानिसहरुलाई एउटा तोकिएको आवस्थामा सोच्न बाघ्य बनाउँ छ । एउटै जानकारी बाढ्दा  मानिसले आफ्नो अनुभव र ज्ञान अनुसार सोच्न थाल्छ । यस्मा २० वटा बाख्रा भन्दा कसैले कालो, सेतो, बराउन वा कसेलै दुवै रङ मिसिएको बाख्राहरु कल्पना गर्ने सक्छ । न तोकेसम्म जे पनि हुन सक्छ । यो सामन्य घटनाबाट गणित अघ्ययन नर्गेले खासै नयाँ सूचना नलिन सक्छन ।

तर गणितज्ञहरुको माझ यो धटना सुनायो भने अनेक प्रतित्रया र सुचना आउँन सक्छ। कसैले भन्ला यसमा जोर संङख्याका बाख्रा रहेछ । कसैले भन्ला बाख्रालाई दुईटा – दुईटा गरेर १० समुहमा बिभाजन गर्दा २० नै हुने रहेछ । कोही २ ले १०लाई गुणन गर्दा २० हुन्छ भनेर प्रमाणित गर्लान् । त्यस्तै कसैले पाँच चौको, त कसैले चार पन्चै त कसैले दश दुन्ना त कसैले बिस एका भन्दै प्रमाणित गर्लान । कसैले भाले र पौथीको प्रतिशत निकाल्न । कसैले अनुपातको भाषामा बोलान । यस्ता धेरै कुरा विश्लेषण गर्ना मिल्छ एउटै घटना वा कथालाई ।

गणितले हामीलाई कुनै पनि कुरालाई कोण- कोणबाट हेर्न र सोच्ने सक्ने चरित्रको विकास गराइरहेको हुन्छ । त्यसैले गणित एउटा सोच्न सक्ने कला हो भन्न मिल्छ । समाजको अवश्यकताबाट हुर्किएको हुनाले हरेको प्रसङले कुनै ठाउँको कथालाई स्पष्टसँग मौखिक वा लिखित वा चित्रको माघ्यमबाट बाढने भुमिका खेलिरहेको हुन्छ । हामीलाई संचार गर्न सजिलो बनाएको हुन्छ ।

उदाहरणः-( काल्पनिक)

नेपालमा ५५% विद्घार्थी २०६९ सालको S.L.C. मा फेल भएका थिए । सामन्यता मानिसलाई ५५% भन्दा झट्टा साधारण लाग्छ । ए ४५% त पास भएका रहेछन् भन्ने सोच्छौँ। अब यही कुरा यसरी व्यक्त्त गरौँ ।

नेपालमा ३,५०,७८१ विद्धार्थीले अब २०६९ सालमा उच्च माघ्यमिक शिक्षा हासिल गर्न पाउँदैन । अब के सोच्छौँ ? यथार्थमा ५५% भनेको यही हो नि । तर एउटै कुरा गणितले छुट्टै तरिकाले व्याख्या गरयो । छुट्टै तरिकाले प्रस्तुत गर्दा हामीले सोच्ने प्रक्रिया पनि छुट्टै हुन्छ ।

५५% भन्दा थोरै मानिसले मात्र त्यसमा समावेश भएको विद्धार्थीको भविष्यलाई निहाल्छन् होला । तर ३,५०,७८१ विद्धार्थीले भन्दा यिनीहरुको भविष्य प्रति हामीलाई चिन्ता लाग्छ । अझै ३,५०,७८१ विद्धार्थी मघ्य ३,००,००० केटीहरु रहेछन भनेर प्रस्तुत गर्दा हामीलाई केटीहरुको भविष्यमाथि विश्लेषण गर्छौ ।

सामान्यकरणबाट बिशिष्तिकरण गर्दा हाम्रो सोच पनि फराकिलो बाट खुम्चिदै जान्छ र हाम्रो सोचमा उतार चढाव ल्याउँछ । मानौँ हामीसँग प्रतिशत, संख्या केहि पनि छैन् । गणितनै अविष्कार भइको छैन । कसरी S.L.C. मा फेल भएका विद्धार्थीहरुको सुचना सजिलोसँग अरु देशमा भएका नेपालीलाई बाढ्ने ? सबैको नाम लेखनु बाहेको हामीसँग केही उपाय छ त? सोच्नुहोस त ३,५०,७८१जनाको नाम लेखन कति पाना चाहिन्छ होला? समयको कल्पना गर्नुहोस? कलप्ना गर्नुहोस त्यसमा लाग्ने  परिश्रम र श्रोत साधानको ? गणितको सहयोगबाट त्यही कुरा एक वाक्यले हामीलाई जानकारी दियो । संचारलाई कति टेवा पुन्यो । त्यसैले यो पभावकारी संचारको माघ्य पनि हो । यसमा नेपालमा घटेको अनेकौँ घटना माघ्य एउटा सानो घटनालाई पेश गरेको छ । ५५% मात्र भन्दा, ३,५०,७८१ मात्र भन्दा यसले खासै अर्थ दिदैन। तर नेपालमा ५५% विद्घार्थी २०६९ सालको S.L.C. मा फेल भएका थिए भन्दा आवश्य तुलनात्मकरुपले राम्रोसँग अर्थ खुलाउँछ होला । यसले दिएको जानकारीलाई चिरफार गरेर हेरौँ । नेपाल यो विश्वको एउटा ठाउँ रहेछ । यहाँ २०६९ सालमा S.L.C. भन्ने प्ररिक्षा भएको रहेछ । त्यसमा प्ररिक्षा दिएका मघ्य ५५% चाहीँ फेल भएका रहेछन्। घटनाले नेपालको सानो कथा बताइरहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s