Old diaries

बैशाख १२ (२०७२) को याद

बाहिर पानी परिरहेको थियो । हावा जोडले लाग्दै थियो । हुस्सुले गाउँ ढाकेको थियो ।खुट्टाहरु थकित थिए । हिजो दिनभरि हिँडेको थिए ।भित्तामा अडेस लगाएरम झ्यालबाट यो दृश्य हेरेर आनन्द मानिरहेको थिए । मलाई चिसो लाग्नथालिरहेको थियो । जाडो सकियो भनेर थन्काएको ज्याकेट निकाल्न कर लाग्यो । दिमागमा निकै अनौठा प्रश्नहरु दौडिरहेका थिए । प्रश्नहरु समातेर बुझ्ने प्रयास गर्दै थिए । बिहान पढेको Sophie’s worldले मलाई आफ्नो ससांर हेर्नेलाई झक्झकाइरहेको थियो जस्तो लाग्दै थियो ।

मौसम परिवर्तन भएको देखेर मलाई अनौठो लागिरहेको थियो । बैशाखमा यस्तो पानी मैले बुझ्न सकिनँ । हावा जोडले लाग्दै थियो । हावाले घर हलाइरहेको जस्तो लाग्यो । ज्याकेट लगाएर बाहिरनिस्के । बाहिर गोठको भित्ताहरु नाचिरहेका थिए । भुकम्प आयो भन्दै बज्रबहादुर दाइ गोठबाट निस्किनु भयो । हावाले होइन भुकम्पले पो अगि घर हल्लाइरहेको रहेछ भनेर ज्ञात भयो ।

म र दाइ अगाडीको खुल्लाठाउँमाबसेर घरको भित्ता चर्केको हेरिरह्यौँ । जमिन अझै हलाइरहेको थियो । दाँया र बायाँ । हामी छेउमा रहेको जमिन समातेर आफुलाई सन्तुलन गर्न खोजिरहेका थियौ । “सर मेरो छोराहरु कपडा घुन मुहानमा गएका थिए । मरे कि बाँचे होलान् ?” भन्दै बज्र दाइ अतालिनु हुदै थियो । हर्दा हेर्दै घरको छेउबाट धुलो उँडदै थियो । “सर भित्ता ढल्यो जस्तो छ ?” भन्दै दाई हतारिदै दौडेर हेर्न जानु भयो । म पनि वहाँको पछि पछि लागे । नभन्दै घरको एक छेउको भित्ता ढलेको रहेछ । “कहिले बनाउने सर अब यो?” वहाँको अर्को प्रश्न । मैले केहि भन्न सकिन्न ।

जमिन हल्लिरहेको नै थियो । गाउँका मानिसहरु कराइरहेका थिए । पल्लो डाँडाबाट पहिरो खस्दै थियो । ठुलो ठुलो चट्टाहरु खोलामा खसिरहेका थिए । चट्टानहरु ठोकिएर निस्केको आवाज सुन्न सकिन्थ्यो । तल्लो पाखा तिर मानिसहरु रोएको आवाज आइरहेको थियो । मेरो छिमेकी घरका काका बाहिर हतारिदै हुनुहुन्थ्यो ।

एकछिन पछि भुकम्प रोकियो । घरबाट आमाले फोन गर्नु भयो । आफ्नो ख्याल राख र सुरक्षित भएर बस् भन्नुभयो । अजय र अनमिराज पनि फर्के । छोराहरु बाचेको देख्दा बज्र दाई खुसी हुनुभयो । उनीहरुले आफ्नो अनुभव सुनाउँन थाले । मलाई भने मेरो साथीनवाङ र सुमीतको चिन्ता लाग्न थालेकोथियो । फोन लागिरहेको थिएन । म त्यहाँबाट निस्किने सोचे । उनीहरु म बसेको ठाउँबाट १० मिनेटको पैदल यात्राको दुरीमा बस्थे ।

बाटो माथि थुप्देन सर १ वर्षको छोरो काखमा लिएर आफ्नो घरको आगाडी थच्क्क बस्नुभएको थियो । “सर मेरो सपना भत्कियो” भन्दै सरले मलाई घरको भित्ता देखाउँदै हुनुहुन्थयो । मलाई चसक्क दुख्यो । मैले सान्त्वना दिन केही भन्न सकिन । म आगाडी लागेँ । थुप्देन सरको आमालाई बिचमा भेटे । “ सर अब हामी मर्ने भयो” काम्दै भन्नुभयो । म मौन भएर हिडिरहेँ ।

मृत्युलाई नजिकबाट निहालेर होला नवाङ र सुमित त्रसित त थिए साथै बाँचियो है भनेर खुसी देखिन्थिए । उनी बसेको ठाउँ पहिले चिहान डाडाँ थियो । यो ठाउँ स्कुलको पछाडि र जङलको बिचमा पर्छ । उनीहरु बसेको घर ठुलो चट्टाना उभिएको छ । सिन्दुपालचोकको जस्तो डाँडानै भासेर प्युटार पुग्ने डर साथीहरु म थियो । सँगैभएको भएर होला एकछिन ढुक्क भए ।

फेरी गाउँलेहरुको आवस्था हेर्न जान मनलाग्यो । हामी सबै निस्कयौ । प्रायःको घर चर्केको रहेछ । पल्लो टोल ध्वस्त भएको रहेछ । भर्खर मलेसियाबाट घर फर्केका यशोधराको बाबाले भन्नुभयो , “सर भोलि पुजा राखेको थिए, सबै सकियो” घर पुरै क्षेतिग्रस्त भएको रहेछ । घरबाट निस्किन भैउनु भएछ । बच्चाहरु रोइरहेका थिए । आँखाहरु नमिठो सपनाबाट बिउँझिएका जस्तो देखिन्थे ।

धक्का आउँने र त्रसिने क्रम जारीनै थियो । म सबै साथीहरुलाई फोन गर्दै थिए । नमस्तेले फोन गर्न निशुल्क सुविधा दिएको रहेछ । सुमितले फोन गरेपछि थाहा पाए । जिग्मेलाई फोन गरे । उ बोल्न सकिरहेको थिएन । के भयो भनेर सोधेँ । उ सुजिता मात्र भनिरहेको थियो । मलाई निकै डर लाग्नथाल्यो  । जिग्मेले “सुजिता छैन” भन्यो । मलाई ठुलो घक्का लाग्यो । कानहरु कराउँन थाले । सुजिता माथी पुरै घर खसेको रहेछ । भुकम्प आएको ३ घण्टा भइसक्दा पनि कसैले निकालेको छैन रहेछ । जिग्मे र रन्जित उस्को घर बाहिर लाचार भएर उभिएका थिए । दुईजनाले मात्र निकाल्ने अवस्था थिएन ।

सिन्धुपाल्चोकमा सुजितालाई मेरो खाँचो थियो । म ललितपुरमा जिउँदो लासझै उभिरहेको थिए । बोल्न सकिरहेको थिइन । आखाँहरुमा सुजिताको तस्बिर झुन्डिरहेको थियो । ऊ सँगै बिताएका पलहरु याद आइरहेको थियो । उस्लाई पहिले मैले ,टिच फोर नेपालको अन्तर्वताको क्रममा भेटेको थिए । त्यो बेला उनले खुट्टामा सेतो स्पोर्टस शु , जिन्सको पाइन्ट र निलो टिसट लगाइकी थिइन । हेर्दा निकै साहसी र आँट भएकी जस्तै देखिन थिइन । उनको त्यो चरित्र उनको उभाइ र हेराईबाट झल्किन्थियो । पछि तालिमको क्रममा थाहा पाए कि उनी वलिबल खेलाडी पो रहिछिन । सुजिताले यति चाँडै हार मान्न सक्दिन भने लागिरहेको थियो । उनी त्यो ढुङाहरु पन्छाएर निस्किन छिन जस्तो लाग्दै थियो । आशा पलाइरहेको थियो । म उ मरेको स्विकार्न सकिरहेको थिएन ।

गाँलेहरु के हेरिरहेका छन ? किन ननिकालेका होलान ? उसलाई कति गार्हो भइसकियो । किन नबुझेका होलान ? कसैले त स्वस्थ चोकी लगोस ? के थाहा बाचछिन कि? भन्दै म बिलाउँन गरिरहेको थिए । मलाई चरा हुनु मन थियो । मलाई खत्रीथोक पुग्नु थियो । साथीलाई बचाउँनु थियो । तर सोचे जस्तो कहाँ भयो र । म त्यही शक्त्तिहिन भएर उभिरहे । न चराहुन सकेँ । न त उँस्लाई बचाउँन सकेँ ।

“बिहान मैले माकुराको घर भत्तकाए अहिले मेरो आफ्नो घर भत्तकियो । घरमा मेरो खाँचो छ । आमा बाबा निकै आतिनु भएको छ । म भोलि बिहान यहाँबाट निस्किन्छु ।” सुमित भन्दै थियो । एक्लै पठाउँने स्थिति थिएन । बाटोहरु पहिरोले बन्द भइसकेका थिए । जङलको बाटोमा पहिरो र ढुङाहरु खस्ने डर थियो । उ भर्खे त्यो गाँउमा पठाउँन आएको थियो । जङलको बाटो पनि देखेको थिएन । हामीले भोलिपल्ट सँगै जाने निर्णय गर्यो । आसाङ , गिम्दी र इकुडोलको साथीहरुलाई पनि सँगै लिएर जाने कुरा भयो तर कसैसँग सम्पर्क हुन सकेन ।

भोलीपल्ट हामी आफ्नो ज्यानलाई दाउमा राखेर निस्कियौँ । बाटो चिप्लो थियो । ठुला- ठुला ढुङा झरेर बाटो बन्द थियो । हाम्रो खुट्टाहरु काम्दै थिए । अक्सिनको साटो त्रास लिइरहेको जस्तो लाग्दै थियो । जती जती हिड्दै थियो त्यती त्यती डरले घर्दै थियो । बाटो छेउको डाँडाबाट माटो निरन्तर खसिरहेको थियो । डाँडानै भासिने डर थियो । माथि हेर्दौ दोडिदै गरिरहेका थियौँ । कति ठाउँमा घर्सिदै हिड्नु पर्यो । एक ठाउँमा त चार हात खुट्टा टकेर हिड्नु पर्यो । बाटो नै थिएन । आफ्नो लागि आफै बाटो बनाउँनु पर्ने अवस्था थियो । हामी हिड्नको साटो दौडिरहेका थियौँ । मनले छिटो छिटो भन्दै थियो । बल्लतल्ल हामी ५ घण्टा हिँड्दै र दौडिदै झाँक्रीडाँडा आयौँ ।

एक छिन त नयाँ जिवन पाएको जस्तो अनुभव भयो । भोक लागेर बिस्कुट खान लागेको थिए । त्यतिकैमा एउटा लाश आगाडीबाट लाउँदै थिए । प्लाष्टिकले बेरेको थियो । हात खुट्टा कपडाहरू बाँधिएका थिए । बाँसको खाट जस्तो बनाएर मान्छेहरु त्यो लासलाई बोकेर लाउँदै थिए । मानौँ कुनै सामान लाइरहेको जस्तो । थोरै खुट्टाको भाग देख्न सकिन्थ्यो । फुस्रो छाला । खुम्चिएको छाला । बुढो मान्छेको लाश जस्तै देखिन्थियो । घरबाट निस्किन भ्याउनु भएनछ भने ।

त्यो देखेर जिवन के पो रहेछ लाग्यो । जन्म र मृत्युको बिचको समय त रहेछ । कसैको धेरै समय होला त कसैको थोरै, त्यति नै फरक त रहेछ भन्नै लाग्यो । लाश लैजान लागेको गाडीमा बसेर जाने निधो भयो । १ बजे फेरि भुइँचालो आयो । हामी गाडीमै नै थियौ । जमिन चिरिएर फेरी जोडिएको भनेर गाडी चलाउँने दाईले भन्नु भयो । एक जना त चलिरहेको गाडीबाट औरलिन लागेको  थियो । हामीले रोक्यौ । भुइँचालो आए देखी निकै त्रसेको छ उसको साथीहरुले भन्दै थिए । त्यो गाडी र शस्त्रको गाडीको सहायताले हामी कुप्नणोल सम्म आउँन सफल भयो ।

काठमाडौँ मर्न आएको जस्तो लाग्न थाल्यो । सबै जनाको हातमा ओड्ने  र ओछ्याउने । मानिसका खुट्टाहरु नङै । घरहरु नष्ट । हस्पिटलमा बिरामी जाँच्नेको आभाव । पसलहरु बन्द । सडकरहरु सुन्सान । खुल्ला ठाउँमा तिर्पालमा बसेका मान्छेहरु । खानेकुराको अभाव । राहतको सामान लुटपाट । त्यो दृश्यहरु देखेर, सुनेर सपना जस्तो लाग्दै थियो । कुनै फिल्म हेरिरहेको जस्तो महसुस हुँदै थियो ।

कति हर्नु ? कति भोग्नु ? के मात्र सोच्नु ? के नसोच्नु ? के बोल्ने हो? के नबोल्ने हो? के गर्ने हो? के नगर्ने हो? बुझ्न गार्हो थियो । सम्हालिन गार्हो थियो । म परिस्थिमा बग्न नसकेको हो कि परिस्तिले मलाई बगाउँन नसकेको हो, मलाई अतो पत्तो थिएन । सुजिताले बोलाइरहेको जस्तो भइरहेको थियो । मलाई थाहा छ कि उस्को लाश जलाई सके । मलाई थाहा छ कि ऊ मैले चाहेर आउँनेवाला छैन । म बुझेर अबुझ भइरहेको थिए । मलाई स्विकार्नु थिएन ।

पछि खत्रथोकमा राहतको सामान पुराउँन शरी र म गएका थियो । सुजिता बसेको घरमा पनि पुग्यो । घर होइन ढुङा र काठको थुप्रो मात्र थियो । सुजिताको एउटा खुट्टा बाहिर एउटा भित्र थियो रे । एक पाइला मात्र आगाडी बढाएको भए उनी बाँच्ने सम्भावना थियो रे । म र शिरी उस्को लाश निकालेको ठाउँ नजिको ढुङहरु निकाल्दै थियो । म सुजितालाई बचाएर लिएर जान्छु जस्तो लाग्दै थियो । उसको परिवार र श्रीमानलाई खुसी बनाउँछु जस्तो लाग्दै थियो । अफिसमा लगेर जान्छु भने थियो । तर मैले सुजितालाई भेटाउँन सकिन । उसको किताबहरु मात्र भेटे । शैक्षिक साम्रागीहरु मात्र भेटे ।

म त्यही ठाउँमा निकै रूए । प्रकृतिसँगै धेरै गुनासो राखे । उसले एउटा असल साथी खोसेको छ । एउटा माया गर्ने श्रीमती लगेको छ । सरल र सुसिल बुहारी छुटाइदिएको छ । साहसी छोरी मारेको छ । क्षमतावान शिक्षक गुमाएको छ ।

सधैँ हामी प्रकृतीमा नाच्यो ,खेल्यो र खायो पनि तर प्रकृतिले आज हामीलाई मृत्युको संगितमा नचाएको छ, डर र त्रासको खेल खेलाउँदै छ , र मानिसहरुलाई काच्चै खाएको छ । पृथ्वी आज पागल भएको छ । र सबैलाई पागल बनाउँन खोज्दै छ । आज पृथ्वीले न त केटा भन्यो न त केटि । न बुढो भन्यो न बालक । न घनी हेर्यो न गरिब । आज तिन वटा घर हुने पनि बाहिर सडकमा छन, एउटा कोठा हुने पनि । पहिलेनै भत्तकेको नेपाल झन धुजाधुजा भयो ।

खै कहिले टालिन्छ यी भित्ताहरु ?  खै कहिले उठ्ने हुन ती छानाहरु ? कहिले बल्ने हुन् ती चुलाहरु ? आज घर होइन धेरै नेपालीहरु सपना टुक्राटुक्रा भएको छ । कसले जोडिदिने हो ?

अहिले देशलाई हाम्रो खाँचो छ । गर्ने बेला यही हो । देशले के दियो भन्दा पनि देशलाई मैले के दिए भन्ने बेला आयो कि?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s